राष्ट्रिय परिचयपत्रका लागि मनाङमा घुम्ति शिविर

  • Technology Khabar | २२ भाद्र २०८२, आईतवार
राष्ट्रिय परिचयपत्रका लागि मनाङमा घुम्ति शिविर

काठमाडौं ।

मनाङमा घुम्ति शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ। सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्लाका अशक्त तथा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले घुम्ति शिविर सञ्चालन गरेको हो।

जिल्ला सदरमुकाम चामेबाट गरिब २ घण्टाको दूरीमा ङिस्याङमा एकदिने घुम्ति शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । शिविरबाट ६५ जनाभन्दा बढीलाई घरछेउमै पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गरिएको उहाँले बताए।

गाउँपालिकाको समन्वयमा त्यहाँका सबै वडाका अशक्त ज्येष्ठ नागरिकलाई अग्रीम जानकारी दिएर परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो।

जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि एक ‘सेट’ उपकरण र एक जना प्राविधिक कर्मचारी मात्र रहेकाले सार्वजनिक बिदाको दिन पनि घुम्ति शिविर सञ्चालन गरिएको प्रजिअ पौड्यालले बताए। जनताको घरदैलोमै पुगेर यो सेवा निरन्तर सञ्चालन गरिने उनको प्रतिबद्धता छ। –रासस

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २२ भाद्र २०८२, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २२ भाद्र २०८२, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २२ भाद्र २०८२, आईतवार