
काठमाडौं ।
अनरले भारतमा आधिकारिक रूपमा अनर एक्स९सी फाइभजी लन्च गरेको छ। यो नयाँ फोन अनर एक्स९बी को उत्तराधिकारी भएको बताइएको छ। अनर एक्स९बी २५,९९९ भारतीय रुपैयाँको मूल्यमा प्रस्तुत गरिएको थियो। अनर एक्स९सी भने भारतीय बजारमा थप प्रतिस्पर्धी र कम मूल्यमा उपलब्ध हुने उल्लेख गरिएको छ।
अनर एक्स९सी फाइभजीको स्पेसिफिकेशन र सुविधाहरूः
अनर एक्स९सी फाइभजीमा २७०० ह १२२४ पिक्सेल रिजोल्युसन भएको ६.७८ इन्चको कर्भ एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। यस डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट र ३८४० हर्ज पीडब्ल्यूएम डिमिङलाई पनि समर्थन गर्दछ।
फोनमा क्वालकम स्न्यापड्रागन ६ जेन १ चिपसेटको साथमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज समावेश गरिएको छ। फोन एन्ड्रोइड १५ मा आधारित म्याजिकओएस ९.० मा चल्ने र ६६वाट वायर्ड चार्जिङलाई समर्थन गर्ने ६,६००एमएएच सिलिकन–कार्बन ब्याट्रीको साथ आउने बताइएको छ।
एक्स९सी फाइभजी फोनको पछाडिको भागमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स रहेका छन्। यसले फोरके भिडियो रेकर्डिङ र १०ह सम्म डिजिटल जुमलाई समर्थन गर्ने उल्लेख गरिएको छ। साथै सेल्फीहरूको लागि, डिभाइसले १०८०पी भिडियो रेकर्डिङको लागि समर्थनको साथ १६–मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा प्रदान गर्दछ।
अनर एक्स९सी फाइभजीले डुअल सिम, वाई–फाई ८०२.११एसी, ब्लुटुथ ५.१, एनएफसी, र यूएसबी–सी लाई पनि समर्थन गर्दछ। सुरक्षाको लागि, यस डिभाइसमा इन–स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर रहेको छ। त्यसैगरी आईपी६५एम–रेटेड गरिएको डिभाइसको मोटाई ७.९८एमएम र तौल १८९ ग्राम रहेको छ।
अनर एक्स९सी फाइभजीको मूल्य र उपलब्धताः
अनर एक्स९सी फाइभजीको एक मात्र ८जीबी + २५६जीबी भेरियन्टको मूल्य २१,९९९ रुपैयाँ कायम गरिएको छ। यो डिभाइस टाइटेनियम ब्ल्याक र जेड सायन रङ्ग विकल्पहरूमा आउने र प्राइम डे सेलको एक भागको रूपमा २०२५ को जुलाई १२ तारिखदेखि अमेजन डट इनमा विशेष रूपमा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ असार २०८२, सोमबार