
काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको छ।
सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेलरइन्टरनेट, डायलअप, भी(स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्, तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्वपूर्ण छन् ।
इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र संग्रहित रूपमा राख्नु हामीले आफ्नो कर्तव्य र सामाजिक दायित्व पनि ठानेका छौं । वर्ल्डलिंक सङ्ग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि नै राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ ।
“हाम्रो यो कदमबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद, लेखक, सञ्चारकर्मी लगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्ने छ भन्नेमा विश्वस्त छौं । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिंकको भूमिका बुझ्न महत्वपूर्ण आधार प्रदान गर्नेछ।” कम्पनीले भनेको छ।
सङ्ग्रहालयमा डायलअप इन्टरनेटमा प्रयोग भएका उपकरण तत्कालिन कम्पुटर मोडेम वायरलेसमा पर्योग भएका डिस्क, तत्कालिन रुपमा प्रयोग भएका यफटिटियच का पुराना उपकरण राखिएको र सङ्ग्रहालय अबलोकन गर्न शुक्रबार १० बजे देखि ४ बजे सम्म कलेज अध्यनरत विद्यार्थीहरुलाइ खुल्ला गर्ने किरण राज गौतमले जानकारी दिए।
कम्पनीका दिलीप अग्रवालको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिंकको आफ्नै भवन कार्यालय परिसर, ललितपुर, कुसुन्तीमा यो सङ्ग्रहालय उद्घाटन गरिएको हो ।
प्रकाशित: २३ असार २०८२, सोमबार