एप्पलद्वारा ईयूले आफूमाथि लगाएको ५० करोड यूरो जरिवानाविरुद्ध पुनरावेदन

  • Technology Khabar | २३ असार २०८२, सोमबार
एप्पलद्वारा ईयूले आफूमाथि लगाएको ५० करोड यूरो जरिवानाविरुद्ध पुनरावेदन

काठमाडौं ।

एप्पलले सोमबार युरोपेली संघ ईयूद्वारा लगाइएको ५० करोड यूरो (झण्डै ५८० मिलियन डलर) जरिवानाविरुद्ध अपील दर्ता गरेको छ। उक्त जरिवाना कम्पनीले एप स्टोरबाहिर वैकल्पिक भुक्तानी प्रणाली अपनाउन डेभलपरलाई अनुमति नदिएको आरोपमा लगाइएको थियो।

युरोपेली आयोगले अप्रिलमा यो जरिवाना लगाएको थियो। आयोगका अनुसार एप्पलले डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत डेभलपरहरूलाई आफ्ना एपमार्फत एप स्टोर बाहिरबाट भुक्तानी लिन दिने नियम पालना गरेको थिएन।

टेकक्रञ्चका अनुसार एप्पलले जुनको अन्त्यतिर युरोपेली बजारका लागि आफ्नो शुल्क संरचना परिमार्जन गर्दै नयाँ जटिल प्रणाली प्रस्तुत गरेको थियो। यसमा प्रारम्भिक अधिग्रहण शुल्क, स्टोर सेवा शुल्क, र मूल प्रविधि आयोग समावेश गरिएको छ, जसले वैकल्पिक भुक्तानी प्रणालीको प्रयोगलाई समेट्ने प्रयास गरेको देखिन्छ। यो कदम थप जरिवाना टार्न गरिएको प्रयासका रूपमा हेरिएको छ।

एप्पलले भनेको छ, “युरोपेली आयोगको निर्णय — र यो अभूतपूर्व जरिवाना — कानुनले माग गरेको भन्दा धेरै पर जाने हामी विश्वास गर्छौं। हाम्रो अपीलले आयोग हामीलाई हाम्रो स्टोर कसरी सञ्चालन गर्ने भन्ने निर्देशन दिइरहेको छ र डेभलपर तथा प्रयोगकर्ताका लागि अन्योलपूर्ण व्यावसायिक सर्तहरू जबरजस्ती लागू गरिरहेको छ भन्ने देखाउनेछ।”

प्रकाशित: २३ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार