Technology Khabar १८ असार २०८२, बुधबार
काठमाडौं ।
एन्ड्रोइडहेडलाइन्सको हालैको लीकले आगामी पिक्सेल १० को पूर्ण स्पेसिफिकेशनहरूको खुलासा गरेको थियो। अब उक्त स्रोतले अपेक्षित डेब्यू भन्दा धेरै अघि नै गुगल पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएलको पनि पूर्ण स्पेसिफिकेशनहरूको खुलासा गरेको छ।
दुवै फोनहरूले धेरै हदसम्म समान हार्डवेयर साझा गरे पनि, मुख्य भिन्नताहरू तिनीहरूको डिस्प्ले आकार, बेस स्टोरेज अप्सन, ब्याट्री क्षमताहरू र वायर्ड चार्जिङ गतिमा रहेका छन्।
गुगल पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएलको स्पेसिफिकेशनहरू (अफवाह अनुसार)
रिपोर्ट अनुसार, पिक्सेल १० प्रोमा २८५६ x १२८० पिक्सेलको रिजोल्युसन भएको ६.३ इन्चको ओएलईडी एलटीपीओ डिस्प्ले, १२८ जीबीको बेस स्टोरेज भेरियन्ट, र २९ वाट वायर्ड चार्जिङलाई समर्थन गर्ने ४,८७० एमएएच ब्याट्री हुनेछ।
त्यसैगरी, पिक्सेल १० प्रो एक्सएलले ठूलो ६.८ इन्चको डिस्प्ले, २५६ जीबी बेस भेरियन्ट र ३९ वाट वायर्ड चार्जिङको साथ ५,२०० एमएएच ब्याट्री प्रदान गर्ने बताइएको छ।
दुबै फोनहरूमा १ हर्जदेखि १२० हर्जसम्मको एड्याप्टिभ रिफ्रेस रेट र ३००० निट्ससम्मको पिक ब्राइटनेसलाई समर्थन गर्ने एलटीपीओ ओएलईडी प्यानलहरू हुनेछन्। सेल्फीहरूको लागि, प्रो मोडेलहरूले ४२ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामराले समावेश गर्नेछ।
पछाडिको भागमा, ट्रिपल क्यामरा सेटअप अन्तर्गत ५०–मेगापिक्सेलको मुख्य सेन्सर, ४८–मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ५x अप्टिकल जुम भएको ४८–मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा समावेश गर्नेछ।
त्यसैगरी दुबै मोडेलहरूमा गुगलको आगामी टेन्सर जी५ चिप र १६ जीबी र्याम हुने अपेक्षा गरिएको छ। स्टोरेज विकल्पहरूमा २५६ जीबी, ५१२ जीबी र १ टीबी भेरियन्टहरू समावेश हुनेछन्। दुबै फोनहरूले क्यूआई२ स्ट्याण्डर्डमा आधारित १५ वाट वायरलेस चार्जिङलाई समर्थन गर्नेछ।
पिक्सेल १० प्रोमा भेपर चेम्बर समावेश गरिने भएकाले पिक्सेल १० प्रोको ब्याट्री स्ट्याण्डर्ड पिक्सेल १० को भन्दा थोरै सानो हुनेछ भनी लीकले दाबी गरेको छ।
आधार मोडेलमा भने भेपर चेम्बर समावेश नगरिने उल्लेख गरिएको छ। पिक्सेल १० सिरिज अगस्ट २० तारिखमा लन्च हुने र अगस्ट २८ तारिखबाट बिक्रीमा जाने अपेक्षा गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ असार २०८२, बुधबार