सम्पादनपछि एचडीआर गुणस्तर जोगाउन मद्दत गर्ने गुगल फोटोजको नयाँ सुविधाहरू सार्वजनिक

  • Technology Khabar | १८ असार २०८२, बुधबार
सम्पादनपछि एचडीआर गुणस्तर जोगाउन मद्दत गर्ने गुगल फोटोजको नयाँ सुविधाहरू सार्वजनिक

काठमाडौं ।

गुगल फोटोजले प्रयोगकर्ताहरूका लागि एचडीआर र एसडीआर तस्बिरहरू सम्पादन गर्ने तरिकामा सुधार गर्ने नयाँ अपडेटहरू जारी गरेको छ।

फोटो अनब्लर, म्याजिक इरेजर र पोट्र्रेट लाइट जस्ता इडिटिङ्ग टुल्स (सम्पादन उपकरणहरू) प्रयोग गरेपछि पनि एचडीआर फोटोजले अब आफ्नो पूर्ण डायनामिक रेञ्ज र महत्त्वपूर्ण एचडीआर मेटाडाटा कायम राख्ने बताइएको छ।

यसको अर्थ एचडीआर–क्यापेबल स्क्रिनहरूमा हेर्दा सम्पादन गरिएका एचडीआर तस्बिरहरूले आफ्नो मूल कन्ट्रास्ट, ब्राइटनेस र डिटेल कायम राख्नेछन्।

त्यसैगरी गुगल फोटोजले नयाँ “अल्ट्रा एचडीआर” टुल पनि थप गरेको छ। यसले प्रयोगकर्ताहरूलाई आफ्ना तस्बिरहरूको ब्राइटनेस अझ सटीक रूपमा समायोजन गर्न सघाउनेछ।

यसले प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको सटीक रूप प्राप्त गर्न मद्दत गर्नेछ। यो परिवर्तनसँगै, लाइट र कन्ट्रास्ट समायोजनमा यसको भूमिकालाई राम्रोसँग वर्णन गर्ने पुरानो “एचडीआर” टुललाई “टोन” मा पुनः नामाकरण गरिएको छ।

अपडेटको अर्को भाग भनेको एसडीआर फोटोहरूलाई एचडीआरमा क्षमता अभिवृद्धि गर्नु हो। यसले ब्राइटनेस , कन्ट्रास्ट र क्लारिटी बढाएर एचडीआरलाई समर्थन गर्ने आधुनिक डिस्प्लेहरूमा पुराना वा स्ट्याण्डर्ड तस्बिरहरूलाई स्पष्ट र जीवन्त देखाउनेछ।

गुगलले यो रोलआउट एप अपडेट वा सर्भर–साइड परिवर्तनसँग सम्बन्धित छ कि छैन भनेर पुष्टि नगरे पनि एचडीआर–क्यापेबल स्क्रिन भएका गुगल फोटोज प्रयोगकर्ताहरूका लागि सुविधाहरू बिस्तारै देखा परिरहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १८ असार २०८२, बुधबार