नीति तथा कार्यक्रममा स्मार्ट पर्यटन, स्टारलिंक सेवालगायतका डिजिटल पक्षहरु कतै भेटिएनन्: सांसद बजगाईँ

  • Technology Khabar | २२ बैशाख २०८२, सोमबार
नीति तथा कार्यक्रममा स्मार्ट पर्यटन, स्टारलिंक सेवालगायतका डिजिटल पक्षहरु कतै भेटिएनन्: सांसद बजगाईँ

काठमाडौं ।

सरकारद्वारा हालै प्रस्तुत नीति तथा कार्यक्रममा डिजिटल फड्को मार्न चाहिने प्रविधि र नवप्रवर्तनका आवश्यक बुँदाहरु नसमेटिएको सांसद हरुले गुनासो गरेका छन्।

आज प्रतिनिधिसमाको बैठकमा बोल्दै नेपाली कंग्रेसका सांसद राजेन्द्र बजगाईँले नीति तथा कार्यक्रममा नवप्रवर्तन, स्मार्ट पर्यटन तथा स्टारलिंकको सेवा लगायतका आवश्यक बुँदाहरुले कतै स्थान नपाएको भन्दै दु:ख व्यक्त गरेका हुन्।

नेपाल नवप्रवर्तनको केन्द्र भएको अवगत गराउँदै उनले भने, ‘सरकारले नीति तथा कार्यक्रम ल्याउनुअघि सबैसँग छलफल गर्नुपर्थ्यो त्यो भएन। स्मार्ट पर्यटन सौन्दर्यलाई सम्भावनाका रुपमा राष्ट्रिय निकुञ्जहरु नियमनसहित पर्यावरणीय पर्यटकका लागि खौलौं, ड्रोनद्वारा निगरानी, प्लास्टिक प्रतिबन्ध र इको शेल्टर तथा सुरक्षित ट्रेलहरुको निर्माण गरौं- नीति तथा कार्यक्रममा यस्तो कतै देखिएन।’

माइक्रोसफ्टलाई लाप्राकको डाङामा शेल्टर खोल्न दिउँ भन्ने आफूहरुले प्रस्ताव गरेको भन्दै उनले थपे, ‘डिजिटलमा फड्को मार्नका लागि स्टारलिंक र विश्व साझेदारीका लागि मैले धेरै वकालत गरें। स्पेसएक्सका अध्यक्षसँग सम्वाद गरें, २०२४ अगस्टमा प्रधानमन्त्री र स्पेसएक्सका अध्यक्षबीच वार्ताको प्रबन्ध जुराएँ तर मस्कसँग जुन संवाद भयो त्यसलाई किनारामा पठायौं, स्विकार गर्न सकेनौं।

छिमेकी मुलुकहरुले अंगीकार गर्न थालिसके पनि शिक्षालाई स्टारलिंकसँग जोड्ने प्रयास नीति तथा कार्यक्रममा कतै नसमेटिएको उनले गुनासो गरे।

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार