Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
गत फेब्रुअरीमा, आईओएस १८.४ बिटामा केही कोडले एप्पलले च्याटजीपीटीको लागि ओपनएआईसँगको प्रारम्भिक साझेदारी पछि एप्पलले गुगलको जेमिनीलाई एप्पल इन्टेलिजेन्समा थप्ने तयारी गरिरहेको खुलासा गरेको थियो।
त्यसैगरी अब गुगलका सीईओ सुन्दर पिचाईले अदालतमा जेमिनी यस वर्ष आईओएसमा बिल्ट–इन एआई विकल्पको रूपमा थपिनेछ भनि आफू आशावादी रहेको बताएका छन्। साथै उनी २०२४ देखि एप्पलका सीईओ टिम कुकसँग यस सुविधाको बारेमा वार्तामा रहेको उनले बताएका छन्। दुई कम्पनीहरू बीच यस वर्षको मध्यसम्ममा यस विषयमा सम्झौता हुने अपेक्षा गरेको पिचाईले बताए।
संयोगवश, सामान्यतया जुन महिनामा हुने एप्पलको आफ्नो वार्षिक वर्ल्र्ड वल्र्डवाइड डेभलपर्स कनफरेन्स (डब्ल्यूडब्ल्यूडीसी) को समयमा आईओएस १९ अनावरण गर्ने अपेक्षा गरिएको छ। त्यसैले यो सम्पूर्ण समयरेखाले जुन महिनामा जारी गरिने आईओएस १९ बिटाको रूपमा, गुगलको जेमिनी च्याटजीपीटीसँगै बिल्ट–इन एआई विकल्प हुन सक्छ भनि संकेत गरेको बताइएको छ।
अमेरिकी सरकारको गुगल विरुद्ध अनुचित व्यापारिक अभ्यासको लागि चलिरहेको मुद्दाको क्रममा पिचाईले अदालतमा आफ्नो टिप्पणी व्यक्त गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार