ह्वावेले आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली एआई प्रोसेसरको परीक्षण गरिरहेको खुलासा

  • Technology Khabar | १५ बैशाख २०८२, सोमबार
ह्वावेले आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली एआई प्रोसेसरको परीक्षण गरिरहेको खुलासा

काठमाडौं ।

चीनको ह्वावे टेक्नोलोजिजले आफ्नो सबैभन्दा नयाँ र शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) प्रोसेसरको परीक्षण गर्न तयारी गरिरहेको वाल स्ट्रिट जर्नलले आइतबार जनाएको छ।

ह्वावेले नयाँ चिप ‘एसेण्ड ९१०डी’ को प्राविधिक सम्भाव्यता परीक्षणका लागि केही चिनियाँ प्रविधि कम्पनीहरूसँग सम्र्पक गरेको रिपोर्टमा जनाइएको छ।

रिपोर्टका अनुसार ह्वावेले आफ्नो पछिल्लो एसेण्ड एआई प्रोसेसरहरू एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुने आशा गरेको छ र मेको अन्त्यतिर पहिलो चरणको नमुना प्राप्त गर्ने योजना बनाएको छ।

रोयटर्सले सोमबार जनाए अनुसार ह्वावेले चिनियाँ ग्राहकहरूलाई आफ्नो उन्नत ९१०सी एआई चिपको ठूलो मात्रामा आपूर्ति अर्को महिना देखि सुरु गर्ने योजना बनाएको छ।

एनभिडियासँग प्रतिस्पर्धा गर्न शीर्ष स्तरका चिपहरू बनाउन चिनियाँ कम्पनीहरूले वर्षौंदेखि संघर्ष गर्दै आएका छन्। यी चिपहरू मोडेल प्रशिक्षणका लागि प्रयोग गरिन्छ, जसमा एल्गोरिदमलाई सही निर्णय लिन सिकाउनका लागि डाटा प्रविष्ट गरिन्छ।

चीनको प्रविधि विकास, विशेष गरी सैन्य क्षेत्रमा प्रगति रोक्न वासिंगटनले एनभिडियाका बी२०० जस्ता सबैभन्दा उन्नत एआई उत्पादनहरू चीनमा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

उदाहरणका लागि अमेरिकी अधिकारीहरूले सन् २०२२ मै एच१०० चिप सार्वजनिक हुनुअद्धि नै चीनमा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

एनभिडियाले यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको र ह्वावेको तर्फबाट टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया नआएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १५ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...