एप्पल फिटनेस प्लसमा अब स्ट्राभा जोडियो, सयौं नयाँ कन्टेन्ट उपलब्ध हुने

Technology Khabar २३ पुष २०८१, मंगलवार

काठमाडौं ।

एप्पलले हालसालै आफ्नो फिटनेस प्लस सेवाका लागि धेरैवटा नयाँ अपडेटहरूको घोषणा गरेको छ। अब यसमा प्रोग्रेसिभ स्ट्रेन्थ ट्रेनिङ प्रोग्राम र पिकलबलका लागि कन्डिसनिङ प्रोग्राम समावेश गरिएको छ।

नयाँ वर्कसप-स्टाइल योगा प्रोग्राम, ब्रेथ मेडिटेसन प्रोग्राम र आर्टिस्ट स्पटलाइट सिरिजमा ज्यानेट ज्याक्सन, कोल्डप्ले, ब्रुनो मार्स र केन्ड्रिक लामार पनि समावेश छन्।

नयाँ टाइम टु वाक एपिसोडहरूमा एडम स्कट, रिता ओरा, ड्याडी याङ्की र टिफ्यानी ह्याडिश फिचर भएका छन् भने एलेक्स वङले विशेष डान्स वर्कआउट टेकओभर नेतृत्व गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

हालको मुख्य आकर्षण फिटनेस प्लसले अब स्ट्राभासँग सहकार्य गर्न थालेको हो। फिटनेस प्लस वर्कआउट स्ट्राभामा सेयर गर्दा अब स्ट्राभा एपमा एपिसोड इमेज, एपिसोड नम्बर, संगीतको प्रकार, प्रशिक्षकको नाम, र मेट्रिक्स जस्ता विवरण देखिनेछन्। नयाँ र हालका स्ट्राभा ग्राहकहरूले तीन महिनासम्म फिटनेस प्लस निःशुल्क सब्सक्राइब गर्न सक्छन्।

एप्पल फिटनेस प्लसको मूल्य ९.९९ डलर प्रति महिना वा ७९.९९ डलर प्रति वर्ष हो र यसलाई पाँचजना परिवारका सदस्यहरूसँग सेयर गर्न सकिन्छ। यो एप्पल वन प्रिमियर प्लानमा पनि उपलब्ध छ।

फिटनेस प्लस हाल अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, क्यानडा, कोलम्बिया, फ्रान्स, जर्मनी, इण्डोनेसिया, अस्ट्रिया, आयरल्याण्ड, ईटाली मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, पोर्चुगल, रसिया, साउदी अरेबिया, स्पेन, स्विजरल्याण्ड, यूएई, बेलायत र अमेरिकामा मात्र उपलब्ध छ।

नयाँ सुविधाहरू जनवरी ६ मा आईफोन, आईप्याड र एप्पल टीभीमा उपलब्ध हुनेछ। एप्पल वाचमा वास्तविक-समयका मेट्रिक्सको सहायताले प्रगति ट्र्याक गर्न थप “प्रेरणाको स्तर” थप्ने सुविधा हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया