
काठमाडौं ।
अन्वेषकहरूले मोशन–सेन्सिङ सफ्टवेयरको विकास गरेका छन् जसले कसैले चुरोट समातेको बेला हुने हातको सामान्य चालहरू पत्ता लगाउन सक्छ।
मोशन (गति) पत्ता लगेसँगै स्मार्टवाच स्क्रिनमा एक चेतावनी फ्ल्यास (चम्कने) हुने बताइएको छ।
धुम्रपान रोक्न समर्थन प्रदान गर्दै, डिभाइसको एक एपले धुम्रपान गर्ने र पूर्व धुम्रपान गर्ने मानिसहरूलाई सन्देश पठाउने द गार्जियनलाई उल्लेख गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

सन्देशमा “धूम्रपान छोड्दा तपाईलाई सास फेर्न सजिलो हुनेछ” भनिने बताइएको छ।
युनिभर्सिटी अफ ब्रिस्टोलका अनुसन्धानकर्ताहरूले उनीहरूको एप स्मार्टवाचमा पूर्ण रूपमा काम गर्ने पहिलो रियल–टाईम (वास्तविक–समयमा) धुम्रपान रोकथाम हस्तक्षेप भएको विश्वास व्यक्त गरेका छन्।
जेएमआईआर फर्मेटिभ रिसर्च जर्नलमा प्रकाशित अध्ययनमा धुम्रपान छोड्न इच्छुक १८ व्यक्तिमा स्मार्टवाच एप परीक्षण गरिएको थियो।
सहभागीहरू १८ र ७० वर्षका बीचका थिए र उनीहरूले प्रति दिन १० भन्दा बढी चुरोट दाहिने हातले पिउने गरेको बताइएको छ।
तिनीहरूले २७ प्रश्नहरू समावेश भएको प्रश्नावली पूरा गर्नु अघि दुई हप्तासम्म एपसँग लोड गरिएको टिकवाच लगाएका थिए।
कुल सहभागीहरूमा, ६६ प्रतिशत सहभागीहरूले मोशन सेन्सर सफ्टवेयरको साथ स्मार्टवाच लगाउन स्वीकार्य रहेको बताएका छन् भने ६१ प्रतिशतले सन्देशहरूको सामग्री उनीहरूका लागि महत्त्वपूर्ण भएको बताए।
व्यक्तिहरूले सकारात्मक प्रतिक्रियामा एपले धुम्रपानको बारेमा सचेतना जगाएको, उनीहरूलाई धुम्रपान छोड्ने बारे सकारात्मक महसुस गराएको, उनीहरूलाई रोक्न र सोच्न बाध्य तुल्याएको, उनीहरूलाई कम पिउन मद्दत गरेको र निरन्तर प्रोत्साहन प्रदान गरेको भनि रिपोर्ट गरेका छन्।
यद्यपि, नकारात्मक प्रतिक्रियाहरूमा दोहोरिएका सन्देशहरूले प्रभावकारिता गुमाएको, केही सन्देशहरू द्रुत रूपमा देखा नपरेनको, सन्देशहरूको पर्याप्त विविधता नभएको र केही धेरै अस्पष्ट थिए भनि टेलीग्राफले उल्लेख गरेका छ।
प्रकाशित: २२ पुष २०८१, सोमबार