गुगलको विलोज क्वान्टम चिपको क्षमता प्रति इलन मस्क प्रभावित

  • Technology Khabar | २७ मंसिर २०८१, बिहीबार
गुगलको विलोज क्वान्टम चिपको क्षमता प्रति इलन मस्क प्रभावित

काठमाडौं ।

गुगलले आफ्नो अत्याधुनिक क्वान्टम कम्प्युटिङ चिप विलोज सार्वजनिक गरेको छ, जसले गणना क्षमतामा क्रान्ति ल्याउन सक्छ। यो चिपले धेरै क्यूबिट प्रयोग गर्दा त्रुटिहरूलाई ठूलो मात्रामा घटाउन सक्छ, जसले क्वान्टम कम्प्युटिङको ३० वर्ष पुरानो समस्यालाई समाधान गर्नेछ।

अल्फाबेटका सीईओ सुन्दर पिचाईले आफ्नो पोस्टमा भने, “विलोजले ५ मिनेटभन्दा कम समयमा एउटा यस्तो गणना पूरा गर्यो, जसलाई अग्रणी सुपरकम्प्युटरले १०/१५ वर्ष लाग्ने थियो।” यो समय ब्रह्माण्डको उमेरभन्दा धेरै बढी हो।

एक्स (पहिले ट्विटर) का मालिक इलन मस्कले यस घोषणामा “वाउ” भन्दै उत्साहित प्रतिक्रिया दिए। पिचाईले त्यसपछि स्पेसएक्सको स्टारशिप प्रयोग गरी भविष्यमा स्पेसमा क्वान्टम क्लस्टर बनाउने सुझाव दिए। मस्कले सकारात्मक प्रतिक्रिया दिँदै भने, “त्यो सम्भव हुनेछ। सभ्य समाजले कम्तिमा पनि कार्डाशेव टाइप-२ सम्म पुग्नुपर्ने हो।”

उनले अहिले मानवता टाइप-१ को ५ प्रतिशत भन्दा पनि कम अवस्थामा रहेको बताएका छन् र त्यसमा सुधार गर्न मरुभूमि तथा सुख्खा क्षेत्रमा सोलार प्यानलहरू राख्न सुझाव दिएको लाइभमिन्टले रिपोर्ट गरेको छ।

गुगलसँग मस्कको उतार-चढावपूर्ण सम्बन्ध

विलोजको विषयमा मस्कको सकारात्मक प्रतिक्रिया, गुगलका प्रोजेक्टहरू प्रति उनको अघिल्लो आलोचनाको विपरीत देखिन्छ। उनले पहिले गुगलको एआई परियोजनाहरू, विशेष गरी डिपमाइन्डको अधिग्रहणको आलोचना गरेका थिए।

मस्कले गुगलको वर्चस्वलाई चुनौती दिन ओपनएआई स्थापना गरेका थिए, तर पछि त्यसबाट टाढा रहेर आफ्नै एआई कम्पनी एक्सएआई सुरु गरे।

लाइभमिन्ट डटकमका अनुसार अघिल्लो समय मस्कले गुगलको जेमिनी एआई लाई “जातिवादी” र “सभ्यता-विरोधी” भनेका थिए। यसै वर्ष, मस्कले ओपनएआईको च्याटजीपीटी र गुगलको जेमिनी जस्ता च्याटबटहरूले “सभ्यताको अन्त्य गराउन सक्छन्” भनेर चेतावनी दिएका थिए।

राजनीतिक र नैतिक विवादहरू

मस्क र गुगलबीचको सम्बन्ध प्रविधिमा मात्र सीमित छैन। मस्कले २०२४ को चुनावमा डोनाल्ड ट्रम्पको जितपछि पिचाईले दिएको बधाई सन्देश सुनेको रिपोर्ट छ। चुनाव प्रचारको समयमा मस्कले गुगल सर्चले पक्षपात गरेको आरोप लगाउँदै ट्रम्पबारे खोज्दा अक्सर कमला ह्यारिससँग सम्बन्धित नतिजा देखिएको बताएका थिए।

यद्यपि अघिल्ला विवादहरूका बावजुद, विलोजको बारेमा मस्कको प्रतिक्रिया यो संकेत दिन्छ कि उनी नयाँ प्रविधिको महत्वलाई स्वीकार्छन्। यसले क्वान्टम कम्प्युटिङको क्षेत्रमा यी दुई ठूला प्रविधि कम्पनीबीच भविष्यमा सहकार्यको सम्भावना देखाउने लाइभमिन्टले रिपोर्टमा उल्लेख गरेको छ ।

प्रकाशित: २७ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २७ मंसिर २०८१, बिहीबार