रियलमी नियो७ मा ७ हजार एमएएचको ठूलो ब्याट्री समावेश गरिने

  • Technology Khabar | १९ मंसिर २०८१, बुधबार
रियलमी नियो७ मा ७ हजार एमएएचको ठूलो ब्याट्री समावेश गरिने

काठमाडौं ।

रियलमीले आफ्नो आगामी फ्ल्यागशिप किलर नियो७ चीनमा डिसेम्बर ११ तारिखमा डेब्यु गर्ने भएको छ। नियो७ ले आफ्नो पूर्ववर्तीको तुलनामा ७ हजार एमएएचको ठूलो ब्याट्री सहित केही प्रभावशाली स्पेक्सहरू प्रदान गर्दछ।

नियो७ ले सबैभन्दा ठूलो ब्याट्री सेल फिचर गर्ने रियलमीले खुलासा गरेको छ। सीएटीएल र रियलमीले संयुक्त रूपमा विकास गरेको उक्त सेल परीक्षण अनुसार तीन दिनसम्म टिक्न सक्ने दाबी गरेको छ।

ती परीक्षणहरूमा २२ घण्टाको नक्सा प्रयोग, ८९ घण्टाको संगीत प्लेब्याक र १४ घण्टा सम्मको लगातार भिडियो कलहरू समावेश थिए। रियलमीले लोकप्रिय एमओबीए गेमिङ टाइटल “अनर अफ किंग्स” मा ८.५ घण्टाको १२०एफपीएस गेमिङ पनि हासिल गरेको उल्लेख छ।

ठूलो ब्याट्रीको बावजुद, नियो७ लाई जीटी नियो६ भन्दा ०.१एमएम पातलो हुने भनिएको छ। त्यसैगरी नियो७ मिडियाटेकको डाइमेन्सिटी ९३००+ चिपसेट र आईपी६९ रेटिङको साथ लन्च हुने अपेक्षा गरिएको छ।

आगामी फ्ल्यागशिप किलर चीनमा २,४९९ चिनियाँ युआन (३४५ अमेरिकी डलर /३३० यूरो/२९,१०० भारतीय रुपैयाँ) दायराको मूल्यको साथ लन्च हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार