
काठमाडौं ।
रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्ता माझ ल्याउनेछ।
नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने यसमा ६००० एमएएच टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्दछ।
७.३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आईपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा रहेको छ।
यसमा १.५ के क्वाड–कर्भ्ड एमोलेड डिस्प्ले तथा ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामरा जडान गरिएको छ। साथै ६०५० वर्ग मिलिमिटर एरोस्पेस भीसी कुलिङ प्रणाली, १२ जिबी र्याम, २५६ जिबीसम्म स्टोरेज, जीटी बुस्ट, रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता विशेषता समावेश गरिएको छ।
रियलमी पी३ अल्ट्रा फाइभजी (१२ जिबी + २५६ जिबी) ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रंगमा ६५,९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २ असार २०८३, मंगलवार