Technology Khabar ३० आश्विन २०८०, मंगलवार
काठमाडौं ।
भिभोले नोभेम्बर १ मा चीनको शेन्जेनमा रहेको प्रदर्शनी केन्द्रमा आफ्नो वार्षिक भीडीसी (भिभो विकासकर्ता सम्मेलन) आयोजना गर्ने घोषणा गरेको छ।
कार्यक्रममा, मोबाइल प्लेटफर्महरूको लागि स्व-विकसित एआई, आईओटी टूलहरूको लागि नयाँ इन-हाउस अपरेटिङ सिस्टम र भिभो स्मार्टफोनहरूको लागि नवीनतम ओरीजन ओएस ४ गरी प्रमुख तीन नवीन सफ्टवेयर उत्पादनहरू देखाईने बताइएको छ।
ओरीजन ओएस ४ एओएसपी प्रमुख उत्पादन रहने छ। यसको साथमा आउने पहिलो फोनहरू आईक्यूओओ १२ श्रृंखला र एक्स १०० फ्ल्यागशिपहरू हुनसक्नेछ।
फोनहरूको लागि अपडेट रोडम्यापहरू घोषणा कार्यक्रममा साझा गरिने जिएसएमएरीनामा उल्लेख छ।
इन-हाउस ओएस कनेक्ट गरिएका डिभाइसहरूको लागि प्रयोग गरिनेछ।तर याे फोनहरूमा भने हुने धेरै सम्भावना नरहेकाे बताइएकाे छ।
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार