भिडियो कलिङसहितको ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसन चीनमा अनावरण

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार
भिडियो कलिङसहितको ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसन चीनमा अनावरण

काठमाडौं ।

ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसन चीनमा लन्च गरिएको छ। बालबालिका लक्षित ह्वावेको नयाँ स्मार्टवाचमा अफलाइन पोजिसनिङ र भिडियो कलको क्रममा क्ल्यारिटी (स्पष्टता) फिचर गरिएको छ।

साथै वाच ५ भाइट्यालिटी एडिसनको चीनमा बिक्री सुरु भइसकेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

ह्वावेको चिल्ड्रेन्स् वाच सिरिजको पछिल्लो पुनरावृत्ति मेचा–स्टाइल डिजाइनमा आएको छ। यस स्मार्टवाचमा रहेको हलोड–आउट सिलिकन स्ट्र्यापले बच्चाहरूलाई आकर्षित गर्ने उल्लेख गरिएको छ। स्मार्टवाचले १०–फोल्ड एआई पोजिसनिङलाई समर्थन गर्ने र रियल–टाइम पोजिसनिङमा विस्तार हुने उल्लेख गरिएको छ।

त्यसैगरी स्मार्टवाच ह्वावेको एनएलपी एल्गोरिदममा आधारित रहेको र मल्टि–सोर्स म्याप फ्यूजन पोजिसनिङसंग कम्बाइन्ड गरिएको छ। एआई आर्किटेक्चरले गर्दा चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसनलाई बारम्बार प्रयोग हुने लोकेसनहरुमा अझ सटीक हुन सक्षम बनाउने उल्लेख छ।

यस स्मार्टवाचले इन्डोर पोजिसनिङ, डिलिमिटिङ सेफ एरियाज (सुरक्षित क्षेत्रहरूको सीमांकन), हिस्टोरिकल (ऐतिहासिक) ट्र्याजेक्टोरी क्वेरी, स्कूल टाईम सेटिङका साथै थप अन्य फिचर्सहरु समर्थन गर्ने बताईएको छ।

ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसनलाई घडीबाट अन्य डिभाइसहरूमा स्मुथ भिडियो कल गर्नको लागि प्रयोग गर्न सकिने उल्लेख छ। साथै घडीलाई हल्लाएर साथीहरू थप्न सकिने र वीच्याट चिल्ड्रेन्स् वाच भर्सन्स् वा क्यूक्यू चिल्ड्रेन्स् फिचर पनि प्रयोग गर्न सकिने छ।

यस स्मार्टवाचले अलीपे र वीच्याट पेमेन्टले क्यूआर कोड्सहरूलाई समर्थन गर्नेछ भने अभिभावकहरूले सीमा तय गर्न सक्नेछन्। त्यसैगरी ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसनमा आईपीएक्स८ लाइफ–ग्रेड वाटरप्रूफ प्रोटेक्सन रहेको छ।

यस्तै स्मार्टवाचमा एआई भिजुअल इभ्यालुसन एल्गोरिदम पनि रहेको र यसलाई बच्चाको पछाडि, काँध र काखीको झुकाव कोणहरू मूल्याङ्कन गर्न प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×