ईसेवा मनि ट्रान्सफर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्झौता

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार
ईसेवा मनि ट्रान्सफर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं ।

इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ। स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको इसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ।

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाईट, मोबाईल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरु बाट रेमिट्यान्स पठाउन सक्नेछन्। साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरेका थिए। इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

२००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो। इसेवाको वन-स्टप मोबाइल वालेटले ग्राहकहरूलाई रेमिट्यान्सहरू प्राप्त गर्न, आन्तरिक रूपमा पैसा पठाउन, बिलहरू तिर्न र देशव्यापीरुपमा १३ लाख व्यवसायीहरूलाई क्यूआरमार्फत ग्राहकहरूबाट डिजीटल भुक्तानी लिने सुविधा दिँदै आएको छ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकालले भने, “हामी हाम्रा सेवाहरू दिगो र सान्दर्भिक बनाउनको लागि हाम्रो विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा हर्षित छौं र हाम्रो आवश्यकता बुझ्दै क्यासलेस अर्थतन्त्र को अवधारणालाई ट्र्याङ्ग्लोले समेत आत्मसात गरेको छ।”

ट्र्याङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत,ज्याकी लीले भने: “देशको कुल ग्राह्यस्थ उत्पादनको २०% भन्दा बढी रेमिट्यान्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता हो। हामी विश्वस्त छौं कि हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेछ।”

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×