गुगल पिक्सेल फोल्ड आधिकारिक रेन्डरहरूमा देखियो

  • Technology Khabar | १८ बैशाख २०८०, सोमबार
गुगल पिक्सेल फोल्ड आधिकारिक रेन्डरहरूमा देखियो

काठमाडौं ।

गत वर्षदेखि गुगल पिक्सेल फोल्डका धेरै रेन्डरहरू र लाइभ ईमेजहरू देखा पर्दै आएका छन्।

उक्त लीक र रेन्डरहरूले गर्दा इन्टरनेट सर्च जायन्टको पहिलो फोल्डेबल स्मार्टफोन कस्तो देखिन्छ भनेर सहज रुपमा अनुमान गर्न सकिने उल्लेख गरिएको छ। साथै यसै क्रममा भरपर्दो लीकस्टर इभान ब्लासले ट्विटरमा यस गुगल पिक्सेल फोल्डको उत्कृष्ट लुक प्रदान गर्ने किसिमको आधिकारिक देखिने रेन्डरहरू साझेदारी गरको उल्लेख गरिएको छ।

साथै उनले ट्विटरमा साझा गरेका तस्विहरुमा स्मार्टफोनको फोल्ड र अनफोल्ड गरिएको दुबै फर्म (रूप) देखिएको बताईएको छ।

यद्यपी उक्त तस्विरहरुले कुनै नयाँ कुराहरु प्रकट नगरेको र पिक्सेल फोल्डको फोल्डिंग स्क्रिन पनि नदेखिएतापनि तस्विरहरुले डिजाइनका अघिल्लो लीकहरुलाई पुष्टि गरेको छ।

गुगल पिक्सेल फोल्ड आगामी मे १० मा गुगल आई/ओ २०२३ मा पिक्सेल ७ए सँगै आधिकारिक हुने अपेक्षा गरिएको छ। साथै यसको मूल्य १,७९९ अमेरिकी डलर हुने अनुमान गरिएको छ।

प्रकाशित: १८ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार