वानप्लसको नयाँ टिभी ६५क्यु२ प्रो भारतमा आधिकारीक अनावरण

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
वानप्लसको नयाँ टिभी ६५क्यु२ प्रो भारतमा आधिकारीक अनावरण

काठमाडौं ।

वानप्लसले आफ्नो ल्याटेस्ट टिभी अनावरण गरेको  छ। साथै यस वर्षको अन्त्यमा उक्त टिभी भारतीय बजारमा आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

वानप्लसको उक्त नयाँ टीभी ६५क्यु२ प्रो सन् २०१९को वानप्लस क्यु१प्रो को उत्तराधिकारी रहेको उल्लेख गरिएको छ।

वानप्लस टीभी ६५क्यु२ प्रो को ६५–इन्चको ४के क्यूएलईडी प्यानलमा १२०हर्ज रिफ्रेस रेट, एचडीआर, र डीसीआई–पी३ कभरेज (९७ प्रतिशत) पनि समावेश छ।

उक्त टीभीमा ७० वाटको बिल्ट–इन साउण्डबार समावेश गरिएको छ। उक्त साउण्डबारमा ३० वाटको वुफर पनि रहेको र २.१–च्यानल अडियो सिमुलेट पनि गर्नेछ। साथै डेनिस अडियो कम्पनी डायनाडियोद्वारा ट्युन गरिएको उक्त स्पिकर डल्बी एटमस–सर्टिफाइड (प्रमाणित) रहेको थप बताइएको छ।

वानप्लस टीभी ६५क्यु२ प्रो ले एन्ड्रोइड ११ आधारित गुगल टिभी सहित अक्सिजन प्ले २.० प्लेटफर्म चलाउने बताइउको छ। वानप्लस स्मार्टफोन प्रयोग गरेर वानप्लस कनेक्ट २.० मार्फत टिभी नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ।

वानप्लस टीभी ६५क्यु२ प्रो मार्च १० मा बजारमा आउने र उक्त टीभीको मूल्य ९९ हजार ९९९ भारु हुने सम्भावना छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...