काठमाडौं ।
आइएमई खल्ती लिमिटेडले फिनटेक एलाएन्स नेपालद्वारा आयोजित तीनदिने नेपाल फिनटेक एक्स्पो २०२६मा सहभागिता जनाउँदै आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू प्रदर्शन गरेको छ।
कम्पनीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै प्रदर्शन गरेको हो।
एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ सेवामार्फत डिजिटल भुक्तानीलाई सहज बनाउनुका साथै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सुविधालाई विस्तार गर्ने लक्ष्य राखिएको छ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नवीनतम सेवाहरू सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए।
उनले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवाहरू सार्वजनिक गरेको जानकारी दिए।
साथै, नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्ने कम्पनीको प्रयासलाई थप प्रेरणा दिएको उनले बताए।
प्रकाशित: २८ आश्विन २०८३, बुधबार