काठमाडौं ।
नेपाल एयरलाइन्सले मोबिकिन्स एमके–पीबी–०४ मोडलको पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को एरोनटिकल इन्फर्मेसन सर्कुलर (एआईसी) १४/२०२६ अनुसार उक्त पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा ह्यान्ड ब्यागेज, चेक-इन ब्यागेज वा कार्गोमा पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो।
नेपाल एयरलाइन्सले नेपाल–भारत यात्रा गर्ने यात्रुलाई उक्त पावर बैंक साथमा नल्याउन अनुरोध गरेको छ।
प्रकाशित: २७ आश्विन २०८३, मंगलवार