एप्पल महँगो आईफोन ‘अल्ट्रा’मा काम गर्दै

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
एप्पल महँगो आईफोन ‘अल्ट्रा’मा काम गर्दै

काठमाडौं ।

एप्पलले आईफोन अल्ट्रा मोडेललाई लिएर निकै गम्भीरताका साथ विचार गरिरहेको भनी ब्लूमबर्ग न्यूजलेटरका मार्क गुरम्यानले बताएका छन्। साथै उक्त मोडल प्रो र प्रो म्याक्स मोडेल भन्दा माथिल्लो तहको हुने र थप महँगो हुने भनी मार्क गुरम्यानले थप उल्लेख गरेको जीएसएमएरिनाले बताएको छ।

‘आईफोन मानिसहरूको जीवनको अभिन्न अंग भएको छ, कुकले विश्लेषकहरूलाई भने जब उनलाई आईफोनको बढ्दो औसत मूल्य दिगो छ कि भनेर सोधिएको थियो। मलाई लाग्छ कि मानिसहरू वास्तवमै त्यो श्रेणीमा आफूले किन्न सक्ने उत्तम विकल्प प्राप्त गर्न इच्छुक छन्।’

एप्पलले पाँचौं आईफोन माडेलको रुपमा अल्ट्राको नियमित, प्लस, प्रो, र प्रो म्याक्सको साथ अनावरण गर्न खुल्ला रहेको बताइएको छ। साथै कम्पनीले उक्त मोडललाई २०२४ को शुरुमा नै लन्च गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै एप्पलले आफ्नो सबैभन्दा शक्तिशाली एम१ प्रोसेसर र यसको फ्ल्यागशिप एप्पल वाचको लागि अल्ट्रा ब्रान्ड प्रयोग गरिसकेको  बताइएको छ।

यद्यपी आईफोन अल्ट्रामा समावेश गरिने कस्तो फिचरहरुको बारमो भने गुरम्यानले थप जानकारी दिएका छैनन्। एप्पलले ल्यापटप जस्ता ठूला उपकरणहरूको फोल्ड गर्न मिल्ने प्रयासहरूमा केन्द्रित भइरहेकाले उक्त नयाँ मोडल फोल्डिंग आईफोन नहुने र फोल्डिंग आईफोन सम्भवत २०२४ पछि आउँने गुरमानले बताएका छन्।

उक्त आईफोन अल्ट्रामा प्रो म्याक्सको भन्दा पनि ठूलो डिस्प्ले, राम्रो क्यामेरा, र छिटो प्रोसेसर हुन सक्ने उल्लेख गरिएको छ। साथै २०२४ अघि नै एप्पलले अन्ततः २०२३ को आईफोन १५ लाईनअपमा पेरिस्कोप जुम क्यामेरा ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...