राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण

  • Technology Khabar | ३० आश्विन २०८३, शुक्रबार
राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी काठमाडौँ, ३० असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गर्नुहुँदै । तस्बिर सौजन्य: राष्ट्रपतिको कार्यालय/रासस

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज उनले प्रमाणीकरण गरेका हुन्।  रासस

प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर

  • Technology Khabar
  • ३० आश्विन २०८३, शुक्रबार