मोटोरोलाको नयाँ फ्ल्यागशिप फोन आउँदै, २०० मेगापिक्सेल क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
मोटोरोलाको नयाँ फ्ल्यागशिप फोन आउँदै, २०० मेगापिक्सेल क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन

काठमाडौं ।

मोटोरोलाले क्यामराको उत्कृष्ट फिचरसहित भएको स्मार्टफोन ल्याउने भएको छ। फ्ल्यागशिप स्मार्टफोन मोटो एक्स ३० प्रो, २०० मेगापिक्सेल क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गर्न लागेको गीज्मोचाइनाले जनाएको छ।

आगामी बिहिबार अर्थात् यही अगष्ट ११ का दिन सार्वजनिक हुन लागेको मोटोरोला स्मार्टफोनमा मोटो एक्स ३० प्रो, क्वालकम स्न्यापड्रागन सुविधा रहेको छ।

जसमा ८ जेन वान प्रोसेसर रहेको मोटोरोलाले उल्लेख गरेको छ।
एक्स ३० प्रको क्यामराको स्मार्टफोनमा पछाडिको तीन–कम्पोनेन्ट इकाईमा २०० मेगापिक्सेल सेन्सर अर्थात सामसङ एचपी १ वान वा.२२ को साथ रहेको छ।

यसैगरी मोटोरोला स्मार्टफोनमा ३.२ गीगाहर्ज क्लक स्पीड र उच्चस्तरिय ५ जी मोडल सहितको ८ कोरहरू छन्। साथै, ८ र १२ जीबी र्याम भेरियन्ट रहेको मोटोरोला स्मार्टफोन सार्वजनिक हुन लागेको हो।

अन्तराष्ट्रिय युवा दिवसभन्दा एक दिन अघि सार्वजनिक हुन लागेको मोटोरोलाको स्मार्टफोन १२८ जीबी स्टोरेज भएको पहिलो तथा २५६ र ५१२ जीबीको दोश्रो फ्ल्यागशिप फोन रहेका छन्।

स्मार्टफोनमा फास्ट ब्याट्री चार्ज हुने सुविधा भएपनि हाल मुल्य खुलाएको छैन।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार