माईपे क्वाइन सार्वजनिकसँगै १ लाख रुपैयाँसम्मको बीमा सुविधा

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
माईपे क्वाइन सार्वजनिकसँगै १ लाख रुपैयाँसम्मको बीमा सुविधा

काठमाडौं ।

डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको बेला ‘माइपे’ले क्वाइन सार्वजनिकसँगै बीमा सुविधा ल्याएको छ।

‘माईपे’का अनुसार ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माईपे ले जनाएको छ।
हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै ‘माईपे’प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाइ जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ।

यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँएिको ‘माईपे’ को भनाइ छ।

यसैबीच, ‘माईपेनेपालमा पहिलोपटक वालेट प्रयोग गर्दा १ लाख रुपैँयासम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना ल्याएको छ।

‘माइ पे’ का अनुसार ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको हो। कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहक महानुभावहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...