ट्विटरले एकाउन्टहरु वास्तविक भएको प्रमाण दिन्छ भने सम्झौता अझै सम्भव छ: इलन मस्क

  • Technology Khabar | २३ श्रावण २०७९, सोमबार
ट्विटरले एकाउन्टहरु वास्तविक भएको प्रमाण दिन्छ भने सम्झौता अझै सम्भव छ: इलन मस्क

काठमाडौं ।

इलन मस्कले ट्विटरले आफ्नो खाताको नमूना कसरी सङ्कलन वा ट्रेस गर्छ भन्ने बताएको खण्डमा र सो वास्तविक भएमा ४४ अर्ब डलरमा त्यसलाई किन्न मौलिक सर्तहरूमा सम्भव हुन सक्ने बताएका छन्।

अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनलाई ट्विटरले दिएको जानकारी गलत रहेको देखिए सम्झौता नहुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक मस्कले बताए।

एक ट्विटर प्रयोगकर्ताले मस्कलाई सोधेका थिए के आयोगले कम्पनीको भ्रामक दावीहरूको छानबिन गरिरहेको छ। यो प्रश्नको जवाफमा इलन मस्कले भने, ‘राम्रो प्रश्न । किन गर्दैनन् ?’

अर्कोतर्फ मस्कले आफूलाई धोका दिएर सामाजिक सञ्जाल कम्पनीसँग डिल गराएको दाबी गरेका थिए । ट्विटरले यो दाबी भ्रामक र तथ्य विपरीत भएको बताएको छ।

ट्विटरले भन्यो, ‘वाल स्ट्रीट बैंकर र वकिलहरूको सल्लाह सधैं उपलब्ध हुने धेरै कम्पनीका अर्बपति संस्थापक मस्कलाई ४४ अर्ब डलरमा मर्जर सम्झौता गर्न कसैले कसरी भ्रममा पार्न सक्छ, यो कथा एकदमै अनौठो लाग्छ।’

४४ अर्ब डलरमा ट्विटर किन्नबाट इलन पछि हटेका छन्। मस्कले जुलाई २९ मा ट्विटरको विरुद्धमा काउन्टर पिटिशन दायर गरेका थिए।

प्रकाशित: २३ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार