मोटोरोलाको १०८ मेगापिक्सेल क्यामेरा भएको नयाँ जी७७ फाइभजी स्मार्टफोन सार्वजनिक

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
मोटोरोलाको १०८ मेगापिक्सेल क्यामेरा भएको नयाँ जी७७ फाइभजी स्मार्टफोन सार्वजनिक
तस्बिर: टेलिग्राफी

काठमाडौं ।

मोटोरोलाले १०८ मेगापिक्सेल क्यामेरा भएको नयाँ मोटोरोला जी७७ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ। यससँगै सीमित अवधिका लागि विशेष अफर पनि सञ्चालन गरिएको छ जसले उपभोक्ताको ध्यान तानेको छ।

बजारमा उपलब्ध जानकारीअनुसार यो मोडेल खरिद गर्ने ग्राहकले निश्चित मूल्यको एयर फ्रायर (AirFryer) निःशुल्क पाउनेछन्। यो अफर सीमित अवधिसम्म र स्टक उपलब्ध रहेसम्म मात्र लागू हुनेछ। उपहार प्राप्त गर्न तोकिएको समयभित्र अनलाइन दर्ता गर्नुपर्नेछ।

मोटोरोला जी७७ फाइभजीमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले विभिन्न प्रकाशको अवस्थामा पनि उच्च विवरणसहितका तस्बिर खिच्न सक्ने कम्पनीले जनाएको छ। यसमा प्यानोरामिक तस्बिरका लागि अल्ट्रा–वाइड क्यामेरा तथा सेल्फी र भिडियो कलका लागि अगाडिको क्यामरा पनि दिइएको टेलिग्राफले उल्लेख गरेको छ।

कम्पनीका अनुसार फोनमा कृत्रिम बुद्धिमत्ता (एआई) सुविधा समावेश गरिएको छ, जसले दृश्यअनुसार क्यामेराको सेटिङ स्वतः मिलाएर राम्रो तस्बिर खिच्न सहयोग गर्छ।

फोनमा २५६ जीबी आन्तरिक स्टोरेज र ८ जीबी र्याम रहेको छ, जसले धेरै डाटा सुरक्षित राख्न र एपहरू सहज रूपमा सञ्चालन गर्न मद्दत गर्छ।

यसले ५जी नेटवर्क पनि सपोर्ट गर्ने भएकाले डाउनलोड, स्ट्रिमिङ र अनलाइन सञ्चारमा उच्च गति उपलब्ध गराउँछ।

आकर्षक प्राविधिक विशेषता र निःशुल्क एयर फ्रायरको अफरका कारण मोटोरोला G77 5G यस श्रेणीका स्मार्टफोनमध्ये चर्चित बनेको छ। यस अफरअन्तर्गत ग्राहकले स्मार्टफोनसँगै घरायसी प्रयोगका लागि अर्को उपयोगी उपकरण पनि प्राप्त गर्नेछन्।

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...