स्क्याम रोक्न आईओएस २७ मा नयाँ सुरक्षा संयन्त्र ल्याउँदै एप्पल

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
स्क्याम रोक्न आईओएस २७ मा नयाँ सुरक्षा संयन्त्र ल्याउँदै एप्पल
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले ठगीका प्रयासहरू तत्काल रोक्न सक्ने गरी डिजाइन गरिएको आईओएस २७ अपरेटिङ सिस्टममा नयाँ सुरक्षा संयन्त्र ल्याउँदैछ छ।

नयाँ विषेशताले कुराकानीको सामग्री विश्लेषण गर्ने र ठगीका सन्देश जस्तै तत्काल भुक्तानीको अनुरोध, गिफ्ट कार्ड खरिद गर्ने निर्देशन, नक्कली लगानी वा संवेदनशील विवरणहरू साझा गर्ने अनुरोध पहिचान गर्न सक्षम हुन्छ।

यदि यस्तो प्रणालीले प्रयोगकर्ता ठगीको सिकार बन्दै गरेको शंका गरेमा आइफोनको स्क्रिनमा तुरुन्तै चेतावनी देखिने छ। प्रयोगकर्तालाई उक्त सन्देश वा कल ठगीको योजनाको जानकारी दिइनेछ र पैसा नपठाउन, पासवर्ड वा बैंकिङ विवरणहरु साझा नगर्न तथा व्यक्तिका निर्देशनहरु पालना नगर्न सुझाब दिइनेछ।

एप्पलका अनुसार, यो विश्लेषण डिभाइस भित्रै गरिन्छ। कुराकानीको सामग्री कम्पनीको सर्भरमा नपठाइने भएकाले प्रयोगकर्ताको गोपनियता सुरक्षित रहन्छ।

यो संयन्त्र आइओएस २७ मा गरिएका नयाँ सुरक्षा सुधारहरुको एक हिस्सा हो। यसको उदेश्य प्रयोगकर्ताहरुलाई डिजिटल ठगीको बढ्दो रुपबाट जोगाउनु हो। जसले हालैका वर्षहरुमा विश्वभर ठूलो आर्थिक क्षति पुर्याएका छन्।

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार