गुगल ट्रान्सलेटमा २४ नयाँ भाषा थप, मैथिली पनि उपलब्ध

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
गुगल ट्रान्सलेटमा २४ नयाँ भाषा थप, मैथिली पनि उपलब्ध

काठमाडौं ।

अल्फाबेट इंकले गुगल ट्रान्सलेटमा २४ ओटा भाषा थप गरेको छ।

उपभोक्ताहरुसँग प्राकृतिक तवरले सञ्चार गर्नका लागि गुगल असिस्टेन्टको क्षमता अभिवृद्धिमा सुधार ल्याइरहेको कम्पनीले अब भने आफ्नो भाषा अनुवाद सेवालाई थप चुस्त बनाउन अमेरिकाको पहिलो जनजाति भाषासहित २४ नयाँ भाषा थप गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।

थपिएका २४ मध्ये अमेरिकाका पहिलो तीन जनजाति भाषा क्वेचुआ, ग्वारानी तथा आइमारा रहेका छन्।

गुगलका अनुसार थपिएका २४ भाषा विश्वभरका ३० करोडभन्दा धेरै जनाले बोल्छन्।

‘यसमा उत्तरपूर्वी भारतमा ८ लाख जनाले बोल्ने मिजोजस्तो सानो भाषादेखि केन्द्रीय अफ्रिकाका साढे ४ करोड जनाले बोल्ने लिंगालासम्म रहेका छन्’, गुगल ट्रान्सलेटका अनुसन्धान वैज्ञानिक आइज्याक कास्वेलले भने।

उनले अमेरिकाका आदिवासी भाषाका साथमा गुगल ट्रान्सलेटले पहिलोपटक सिएरा लियोनको क्रियो नामक झर्रो भाषा पनि सपोर्ट गर्ने बताए।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार