अमेजनद्वारा एन्ड्रोइड शपिङ एपको डिजिटल डाउनलोड बन्द

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
अमेजनद्वारा एन्ड्रोइड शपिङ एपको डिजिटल डाउनलोड बन्द

काठमाडौं ।

ई-कमर्स साइट अमेजनले उपभोक्तालाई ई-बूक तथा अन्य डिजिटल सामग्री आफ्नो एन्ड्रोइड शपिङ एपमार्फत् डाउनलोड गर्न बन्द गरेको छ।

यसको सट्टा कम्पनीले उपभोक्तालाई आफ्नो वेबसाइट वा किन्डल एपमार्फत् किताब नै किन्न सुझाव दिन थालेको छ।

गत अप्रिलदेखि १० लाख डलर वार्षिक कारोबार हुने कम्पनीहरुले सबै इन-एप पर्चेजमा एन्ड्रोइडको मूल कम्पनी गुगललाई ३० प्रतिशत कमिशन रकम तिर्नुपर्ने नियम लागू भएको छ।

बीबीसीका अनुसार गुगलले नै सबै भुक्तानी कारोबारको लेखाजोखा राख्ने गरेको छ।

अप्रिलमा अमेजनले अनलाइन व्यापार घटेकाले सन् २०१५ यताकै पहिलो त्रैमासिक घाटासहितको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार