यूट्युब गो आगामी अगस्टमा बन्द हुने

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
यूट्युब गो आगामी अगस्टमा बन्द हुने

काठमाडौं ।

सन् २०१६ मा सार्वजनिक गरिएको यूट्युब गो आगामी अगस्टमा बन्द हुने भएको छ।

रेगुलर एपको विकल्पका रुपमा ल्याइएको यूट्युब गो ले भर्खरै बजार बनाउँदै गरेको अवस्थामा कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको जीएसएमएरिनाले जनाएको छ।

भिडियो प्लेटफर्मले आफ्ना लाइट एप यूजरहरुलाई आफ्ना एन्ड्रोइड एपमार्फत् वा ब्राउजरमा यूट्युब डटकममा गएर रेगुलर एपमा स्विच गर्न सल्लाह दिएको छ।

यूट्युब गोमा यूजरले कमेन्ट गर्न, सामग्री सिर्जना र पोस्ट गर्न तथा डार्क मोड चलाउन सक्दैनन्। यी सबै कुराहरु भिडियोका अन्तरंग भागहरु बन्दै गएकाले यसलाई हटाउन लागेको गुगलले जनाएको छ।

यो घोषणाबाट विशेषगरी लो-इन्ड डिभाइसहरुमा रेगुलर यूट्युब एपको प्रदर्शन सुधारिने र कनेक्टिभिटी र डाटा शुल्कले पहिले झैं दुख नदिने प्रस्ट्याएको जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार