सर्कल नामक नयाँ फिचर परीक्षण गर्दै

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
सर्कल नामक नयाँ फिचर परीक्षण गर्दै

काठमाडौं ।

ट्विटरले सर्कल नामक नयाँ फिचरको परीक्षण थालेको छ। ट्विटरको सर्कल फिचर इन्स्टाग्रामको ‘क्लोज फ्रेन्ड्स’ जस्तै हुने जीएसएमएरिनाले जनाएको छ।

सर्कलमा ट्वीट गर्दा सर्कलमा एड गरिएका व्यक्तिहरुले मात्र ती ट्वीटहरु देख्न सक्नेछन्।

https://twitter.com/TwitterSafety/status/1521540727557218309

ट्विटरले एउटा नयाँ हेल्प सेन्टर पेज निर्माण गरेर ट्विटर सर्कलका बारेमा बुझाउने प्रयास गरेको छ। पेजका अनुसार सर्कल यसअघिका ट्विटर कम्युनिटिज वा प्रोटेक्टेड एकाउन्टभन्दा भिन्न रहनेछ।

हाल एउटा मात्र सर्कल बनाउन मिल्ने र त्यसमा १५० जनासम्म अट्ने जीएसएमएरिनाले लेखेको छ। सर्कलमा रहेका सबै कन्ट्याक्ट सम्बन्धित व्यक्तिले मात्र देख्ने र सर्कलमा शेयर गरिएको ट्वीट रिट्वीट गर्न नमिल्ने पनि जानइएको छ।

सर्कलमा एड भएका कन्ट्याक्ट आफैंले सर्कल छोड्न सक्दैन तर कन्भरसेसन म्युट गर्न भने मिल्छ।

हाल यो फिचर परीक्षणकै क्रममा रहेको छ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २२ बैशाख २०७९, बिहीबार