
काठमाडौं ।
स्टार्टअप कम्पनीहरुले विभिन्न कारणबाट हुन् आपूर्ति श्रृङ्खला अवरोधको समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्न थालेका छन्।
केही समययता कोरोना महामारी, ब्रेक्जिट, सुयन नहरमा विशाल कन्टेनर जहाज फस्नु तथा यूक्रेन युद्धजस्ता धेरै कारणले वैश्विक आपूर्ति श्रृङ्खलामा समस्या खडा गरेका कारण त्यसको समाधानका लागि एआईको प्।योग ग्न लागिएको बुझिएको छ।
एआईका क्षेत्रमा अर्बौं डलरको योजना बनाइएको रोयटर्सले उल्लेख गरेको छ।
त्यसरी एआईको क्षेत्रमा लगानी गर्नेहरुमा इन्टेरोस इंक, फेरो ल्याब्स, क्लियरनाउ लगायतका स्टार्टअप कम्पनीहरु रहेका बताइएको छ।
यी कम्पनीहरुले निर्माताहरुलाई अत्याधुनिक टूलहरु उपलब्ध गराउने र उपभोक्ताहरुले कच्चा पदार्थ आपूर्तिको उपलब्धता अनुगमन गर्न सक्ने र सीमापार व्यापारमा आइपर्ने सरकारी झमेलाबाट पनि पार पाउने स्टार्टअपहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
आपूर्ति श्रृङ्खलामा आधारित नयाँ प्रविधि सेवाको बजार आगामी ५ वर्षमा २० अर्ब डलर बराबर हुन सक्ने विश्लेषकहरुको आकलन छ।
सन् २०२५ सम्ममा नयाँ आपूर्ति श्रृङ्खला एप्लिकेशनमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डाटा साइन्सको प्रयोग भइसक्ने प्रविधि अनुसन्धान संस्था गार्टनरले बताएको छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार