साइबर सेक्यूरिटी

यूरोपेली आयोगमाथि साइबर आक्रमण भएको पोलिटिकोको रिपोर्ट

यूरोपेली आयोगमाथि साइबर आक्रमण भएको पोलिटिकोको रिपोर्ट
Global IME Bank

यूरोपेली आयोगमाथि साइबर आक्रमण भएको र त्यसबाट ठूलो मात्रामा व्यक्तिगत विवरणमा पहुँच पुगेको हुन सक्ने पोलिटिकोले बिहीबार जनाएको छ।

यूरोपेली आयोगले आक्रमणको अधिकांश प्रभाव नियन्त्रणमा लिएको विश्वास गरे पनि त्यसबाट भएको क्षतिको पूर्ण विवरण अझै स्पष्ट नभएको एक युरोपेली संघका अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले उल्लेख गरेको छ।

यूरोपेली आयोगले बिहीबार बिहान यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएको छैन।

पोलिटिकोका अनुसार करिब १० दिनसम्म चलेको अवरोधका क्रममा कर्मचारीको तलब विवरण र कामको समय व्यवस्थापन गर्ने मानव संसाधन प्रणाली तथा स्वास्थ्य उपचार खर्च भुक्तानीसँग सम्बन्धित प्रणालीसहित विभिन्न प्रणाली बन्द गरिएका थिए।

“पत्ता लागेको साइबर अभियानको जवाफमा युरोपेली आयोगले आवश्यक कदम चालेको छ,” आयोगका प्रवक्ता थोमस रेग्नियरले पोलिटिकोलाई बताएका छन्।

उनले भने, “केही निश्चित प्रणालीलाई लक्षित गरिएको थियो र हाम्रो नियमित अभ्यासअनुसार यसबाट प्रभावित व्यक्तिहरूलाई जानकारी गराइएको छ।”

साइबर आक्रमणका घटनाबारे छलफल गर्न आयोगले आफ्नो उच्चस्तरीय आन्तरिक संकट व्यवस्थापन निकायको आकस्मिक बैठक बोलाएको पोलिटिकोले जनाएको छ। त्यस्तै, प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले बुधबार अन्य आयुक्तहरूलाई घटनाबारे जानकारी गराएको पनि समाचारमा उल्लेख छ।

Sajilo Visa
easy care