काठमाडौं ।
एप्पलका आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स केही दिन अगाडि सार्वजनिक भएको एप्पलको आधिकारिक वेबसाइटमार्फत ६५ वटा देशमा प्रि अडरका लागि खुल्ला भएको छ। अमेरिका, बेलायत, जर्मन,अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, भारत र साउथ कोरिया लगायतका देशमा खुला गरिएको हो।
६५ देशमा फोनको ढुवानी तथा खुला बिक्रि सेप्टेम्बर १८ देखि सुरु हुने छ भने आईफोन १८ प्रो सिरिज थप २० देशमा सेप्टेम्बर २५ देखि बिक्रिमा आउने छ।
जीएसएमएरिनाका अनुसार एप्पलले पहिलो फोल्डिङ् आईफोन पनि सार्बजनिक गरेको छ। जसको नाम आईफोन डुओ दिएको छ। आईफोन डुओको प्रि अडर भने अक्टोबर १६ देखि सुरु हुने छ।
एप्पलका आईफोन १८, आईफोन १८ प्रो म्याक्स र आईफोन डुओको बजार मूल्य यस प्रकारको रहेको छ:

प्रकाशित: २८ भाद्र २०८३, आईतवार