जापानी चिप रसायनमा चीनको शुल्क

  • Technology Khabar | २४ भाद्र २०८३, बुधबार
जापानी चिप रसायनमा चीनको शुल्क

काठमाडौं ।

चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ।

अधिकांश जापानी कम्पनीका लागि शुल्क दर ९९.२ प्रतिशत तोकिएको छ भने डेनल सिलेनका लागि ८०.८ प्रतिशत निर्धारण गरिएको छ। गत जनवरीमा सुरु गरिएको अनुसन्धानपछि चीनले यस्तो कदम चालेको हो।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनको निर्णयप्रति कडा विरोध जनाउँदै उपाय फिर्ता लिन आग्रह गरिएको बताए। जापानले चीनका निर्यात नियन्त्रणसम्बन्धी कदमको उचित जवाफ दिने उनले बताए।

चीनको यो निर्णय जापान र चीनबीच ताइवानलगायतका विषयमा पछिल्लो समय देखिएको कूटनीतिक मतभेदका बीच आएको हो।

चिनियाँ मन्त्रालयले अस्थायी शुल्क कहिलेसम्म कायम रहने वा अन्तिम निर्णय कहिले हुने भन्ने समयसीमा तोकेको छैन। रासस/एएफपी

प्रकाशित: २४ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...