गुगल म्याप्सको ‘आस्क म्याप्स’ फिचरमा नयाँ एजेन्टिक सुविधा थप

  • Technology Khabar | २३ श्रावण २०८३, शनिबार
गुगल म्याप्सको ‘आस्क म्याप्स’ फिचरमा नयाँ एजेन्टिक सुविधा थप

काठमाडौं ।

गुगलले बिहीबार घोषणा गर्दै गुगल म्याप्सको ‘आस्क म्याप्स’ फिचरमा खाना अर्डर गर्ने, होटल बुक गर्ने र कार्यक्रमको टिकट खोज्ने लगायतका नयाँ एजेन्टिक (एआई-सहायक) सुविधा थपिएको जनाएको छ। कम्पनीले आस्क म्याप्समा निजी इन्टेलिजेन्स पनि थपेको छ, जसले प्रयोगकर्ताको जीमेल र गुगल क्यालेण्डर मा रहेको जानकारीका आधारमा व्यक्तिगत रूपमा मिल्ने जवाफ दिन सक्छ।

यी नयाँ सुविधाले गुगल म्याप्सलाई केवल नेभिगेसन उपकरणबाट वास्तविक जीवनका कामहरू पूरा गर्न सहयोग गर्ने सहायकका रूपमा विकास गर्ने गुगलको योजनालाई देखाउँछ।

नयाँ खाना अर्डर गर्ने सुविधामार्फत प्रयोगकर्ताले गुगल म्याप्सभित्र आस्क म्याप्स खोलेर “घर नजिकै भेगन एभोकाडो टोस्ट र ओट मिल्क लाटे कहाँ अर्डर गर्न सक्छु?” जस्ता प्रश्न सोध्न सक्छन्। त्यसपछि आस्क म्याप्सले आवश्यक परिकार उपलब्ध भएका नजिकका रेस्टुरेन्टहरू देखाउनेछ।

रेस्टुरेन्ट छनोट गरेपछि प्रयोगकर्ताले “अर्डर अनलाइन” विकल्पमा ट्याप गरेर स्कवायर, टोस्ट वा उबर इट्सजस्ता समर्थित प्लेटफर्ममार्फत अर्डर गर्न सक्नेछन्। आस्क म्याप्सले सामानहरू कार्टमा थप्नेछ। त्यसपछि प्रयोगकर्ताले थप वस्तुहरू पनि कार्टमा राखेर सम्बन्धित प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: २३ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार