सोनीले जनवरी २०२८ मा प्लेस्टेशन गेमको डिस्क उत्पादन गर्न बन्द गर्ने

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
सोनीले जनवरी २०२८ मा प्लेस्टेशन गेमको डिस्क उत्पादन गर्न बन्द गर्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

प्लेस्टेशन कन्सोलका लागि बिक्री गरिने नयाँ खेलहरू डिजिटल फर्म्याटमा मात्र उपलब्ध हुनेछन् र जनवरी २०२८ देखि डिस्कमा बिक्री नगरिने सोनीले घोषणा गरेको छ।

यो कदम त्यस बिन्दुबाट जारी गरिएका सबै प्लेस्टेशन खेलहरूमा लागू हुनेछन् भने त्यसमा सोनीद्वारा उत्पादित र तेस्रो पक्षहरूद्वारा जारी गरिएका खेलहरू समावेश हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्लेस्टेशन समूहले यो परिवर्तनलाई “सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्टको लागि उपभोक्ता प्रवृत्तिहरूमा अनुकूलन गर्न एक प्राकृतिक दिशा भएको र डिजिटल मिडियाको समग्र प्राथमिकता भौतिक डिस्कहरूको भन्दा धेरै बढी छ” भनि प्लेस्टेशन ब्लगमा प्रकाशित हुनुभन्दा अगाडि गेम फाइलले समीक्षा गरिएको पोस्टमा उल्लेख गरेको छ।

चलचित्रहरू, टिभी र संगीत भौतिक मिडियाबाट डाउनलोड र स्ट्रिमिङको युगमा सरिसकेको हुनाले सोनीको यो कदमले गेमिङमा भौतिक मिडियाको अन्त्यलाई तीव्र बनाउन सक्छ। उद्योगले ५० वर्षको अवधिमा काट्र्रिज, क्यासेट, डिस्क, सीडी, डीभीडी र ब्लु–रे मार्फत उपभोक्ताहरूलाई खेलहरू प्रस्ताव गरेको छ।

सोनीले लगानीकर्ताहरूलाई हालैका वर्षहरूमा प्लेस्टेशन खेलहरू डिस्क भन्दा पनि डाउनलोडको रूपमा खरिद भइरहेको बताएको छ। पछिल्लो तथ्याङ्कले प्लेस्टेशन ४ र प्लेस्टेशन ५ को लागि पाँच मध्ये लगभग चार पूर्ण खेल खरिदहरू गत वर्ष डिजिटल रूपमा गरिएको देखाएको छ।

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...