काठमाडौं ।
आईफोन १८ प्रो म्याक्समा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो ब्याट्री हुने अफवाहहरू विगतमा बाहिरिएका थिए। अब एउटा नयाँ लीकले फोल्ड नगरिने आईफोनमा समावेश गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीको सटीक क्षमताको खुलासा गरेको छ।
आईफोनहरू कहिल्यै पनि आफ्नो ब्याट्री आकारको लागि परिचित छैनन् र यदि यो जानकारी सही भएको खण्डमा भने ब्याट्रीको क्षमतामा यो एकदम ठूलो वृद्धि हुनेछ। साथै आईफोन १८ प्रो म्याक्समा अब सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको ५,००० एमएएच ब्याट्री भन्दा ठूलो ब्याट्री हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
भौतिक सिम स्लट भएको आईफोन १७ प्रो म्याक्समा ४,८२३ एमएएच ब्याट्री रहेको छ भने ईसिम–वन्लि संस्करणमा ५,०८८ एमएएच ब्याट्री समावेश गरिएको छ।
त्यसैले भौतिक सिम भएको मोडेलको लागि ४१२ एमएएचको ठूलो वृद्धि र आईफोन १८ प्रो म्याक्सको ईसिम–वन्लि संस्करणको लागि आफ्नो पूर्ववर्तीको तुलनामा ३३७ एमएएच अतिरिक्त वृद्धि निकै उल्लेखनिय वृद्धि भएको बताइएको छ।
प्रकाशित: १९ असार २०८३, शुक्रबार