ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व संकलन

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व संकलन
सांकेतिक तस्बिर

काठमाडौं ।

बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, संकेत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...