काठमाडौं ।
गत वर्षको एक्स फोल्ड५ को अत्यधिक प्रत्याशित उत्तराधिकारीको रुपमा दुई ठूला अपग्रेडहरूसहित भिभोको एक्स फोल्ड६ अनावरण गरिएको छ।
सामसङको १/१.४–इन्च एचपीबी सेन्सर भएको २०० मेगापिक्सेलको जिस–ब्रान्डेड मुख्य क्यामरा डिभाइसमा समावेश गरिएको छ। साथै यो भिभो एक्स३०० र एक्स३०० प्रो टेलिफोटोहरूमा प्रयोग गरिएको उही सेन्सर भएको उल्लेख गरिएको छ।
त्यसैगरी एक्स फोल्ड६ मा ५० मेगापिक्सेलको अल्ट्रावाइड र ३× अप्टिकल जुमसहितको ५० मेगापिक्सेलको टेलिफोटो (एलवाईटी६०२) गरी अन्य दुई सेन्सरहरू रहेका छन्। एक्स फोल्ड६ ले वैकल्पिक जिस टेलिकन्भर्टर जी२ लाई समर्थन गर्ने र त्यसले २००एमएम पहुँच प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एक्स फोल्ड६ मा ७,००० एमएएचको सिलिकन कार्बाइड ब्याट्री समावेश गरिएको छ। यो ब्याट्री क्षमता अहिलेसम्म फोल्डेबलमा देखिएको सबैभन्दा ठूलो क्षमता हो।
यो आफ्नो पूर्ववर्तीको तुलनामा १,००० एमएएचको बढि क्षमता भएको बताइएको छ भने ब्याट्रीले ८०वाट वायर्ड र ४०वाट वायरलेस चार्जिङ गतिलाई समर्थन गर्दछ।
एक्स फोल्ड६ मा धुलो र उच्च–तापमान प्रेसराइज्ड वाटर जेटबाट कभर गर्ने अपडेट गरिएको आईपी५८/आईपी५९ इन्ग्रेस सुरक्षा पनि रहेको छ।
भिभो एक्स फोल्ड६ मा २०.३ः९ आसपेक्ट रेसियो र १२० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको कभर डिस्प्ले समावेश गरिएको छ। मुख्य प्यानल मापन ८.०२ इन्च रहेको छ भने स्क्वायर ४ः३.७ आसपेक्ट रेसियोका साथ १२० हर्ज रिफ्रेस रेट रहेको छ।
साथै दुबै डिस्प्लेहरु एएमओएलईडी भएको र भिभोले तिनीहरूले ५,००० निट्स सम्मको अधिकतम स्थानीय चमकमा प्रदान गर्ने दावी गरेको छ।
भिभोले एक्स फोल्ड६ मा मिडियाटेकको डाइमेन्सिटी ९५०० सुपरको साथ १६ जीबी सम्मको एलपीडीडीआर५एक्स अल्ट्रा र्याम र १ टीबी यूएफएस ४.१ स्टोरेज समावेश गरेको छ।
सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित ओरिजिनओएस ६ फोल्ड समावेश गरिएको छ। भिभोले थप गरेको नयाँ एटोमिक वर्कबेन्च मल्टिटास्किङ सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नै विन्डोमा प्रत्येकसँग एकैसाथ ५ ओटासम्म एपहरू चलाउन अनुमति दिनेछ।
भिभो एक्स फोल्ड६ नीलो, सेतो र कालो रङ्गहरूमा उपल्ब्ध हुनेछ। चीनमा डिभाइसको १२/२५६ जीबी संस्करणको मूल्य ७,९९९ चिनियाँ युआन (१,१७५ अमेरिकी डलर/१,०३० यूरो रूपान्तरित) कायम गरिएको छ भने १६ जीबी र्याम र १ टीबी स्टोरेज संस्करणको मूल्य ११,९९९ चिनियाँ युआन (१,७६३ अमेरिकी डलर/१,५४४ यूरो रूपान्तरित) कायम गरिएको छ।
प्रकाशित: १५ असार २०८३, सोमबार