महिला यात्रुहरुलाई रानी पार्ने दुई राइड सेयरिङ चालक पक्राउ

  • Technology Khabar | १५ असार २०८३, सोमबार
महिला यात्रुहरुलाई रानी पार्ने दुई राइड सेयरिङ चालक पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

ट्राफिक प्रहरीले महिला यात्रुहरुलाई फोन र म्यासेज गरेर हैरानी पार्ने दुई जना राइड सेयरिङ चालकहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इनड्राइभका चालक सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएर ललितपुर बस्दै आएका २९ वर्षीय आशिष भण्डारी र याङ्गो राइडर कैलालीको गोदावरी नगरपालिका–३ घर भएर अनामनगर बस्ने २४ वर्षीय नरेश बिक छन्।

यात्रुप्रति अमर्यादित व्यवहार गर्ने राईड–सेयरिङका चालकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १५ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार