काठमाडौं ।
एप्पलले अर्को वसन्तमा आईफोन १८ र आईफोन १८ई लन्च गर्ने हल्ला चलिरहेको छ र विश्लेषक मिङ्ग–ची कुओको नयाँ रिपोर्टले तिनीहरूको बारेमा केही रोचक विवरणहरूको खुलासा गरेको छ। कुओले आईफोन १८ र आईफोन १८ई दुवै ९ जीबी र्यामको साथ आउने अनौठो जानकारी साझा गरेका छन्।
त्यो टाइपो भने नभएको उल्लेख गरिएको छ। आईफोन १७ को चारओटा २जीबी डाइहरूको तुलनामा तिनीहरूले स्पष्ट रूपमा ६ ओटा १.५जीबी डाइहरू प्रयोग गर्नेछन्। त्यो एउटा अनौठो कन्फिगरेसन भए तापनि यो आईफोन १७ र आईफोन १७ई को तुलनामा र्याम वृद्धि भएको बताइएको छ। त्यसैगरी यो ठूलो वृद्धि भने नभएको उल्लेख गरिएको छ। साथै अतिरिक्त जीबी र्यामले एप्पल इन्टेलिजेन्सलाई अझ सहज रूपमा चलाउन मद्दत गर्ने अनुमान गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ। र्यामको कुरा गर्दा, आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन अल्ट्रा सबैले १२जीबी (आठ १.५जीबी डाइ) पाउने भएका छन्। आईफोन १८ र आईफोन १८ई मा ए२० चिप प्रयोग गरिने भनिएको छ। आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन म्याक्समा ए२० प्रो प्रयोग गरिने भएको छ।
प्रकाशित: १५ असार २०८३, सोमबार