सेवामा स्तरोन्नतिका लागि विभिन्न जिल्लामा थ्रीजी सेवा बन्द गर्दै एनसेल

  • Technology Khabar | १५ असार २०८३, सोमबार
सेवामा स्तरोन्नतिका लागि विभिन्न जिल्लामा थ्रीजी सेवा बन्द गर्दै एनसेल

काठमाडौं ।

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउँदै सेवामा स्तरोन्नति गर्ने योजनाअनुसार कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरूमा थ्रीजी सेवा बन्द गर्न लागेको जनाएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी आगामी असार २२ गतेदेखि ती क्षेत्रमा थ्रीजी सेवा क्रमशः बन्द गरिने जानकारी दिएको हो। यससँगै ग्राहकहरूलाई उच्च गुणस्तरको भ्वाइस तथा डाटा सेवाको लाभ लिन भीओएलटीई भोल्टे सेवा सक्रिय गर्न आग्रह गरिएको छ।

एनसेलका अनुसार भोल्टे सेवा सक्रिय गर्न *१२३*११# डायल गर्नुपर्नेछ। साथै मोबाइल फोनको सेटिङमा गएर भोल्टे ‘अन’ गर्न सकिनेछ।

कम्पनीले देशको करिब ९५ प्रतिशत जनसंख्यामा फोरजी नेटवर्क विस्तार भइसकेको उल्लेख गर्दै अब थप उन्नत प्रविधिमार्फत ग्राहकलाई उच्च गुणस्तरको भ्वाइस तथा डाटा सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

एनसेलले दूरसञ्चार सेवाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको विस्तारमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ।

प्रकाशित: १५ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार