गुगलले एआईमा ८० अर्ब अमेरिकी डलर लगानी गर्दै

  • Technology Khabar | २१ जेष्ठ २०८३, बिहीबार
गुगलले एआईमा ८० अर्ब अमेरिकी डलर लगानी गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गुगलको मातृ कम्पनी अल्फाबेटले ८० अर्ब अमेरिकी डलर उठाउने र त्यो रकम आफ्नो एआई पूर्वाधारको स्केलिङमा लगानी गर्ने योजना बनाएको घोषणा गरेको छ।

अल्फाबेटले मूल रूपमा नगद प्राप्त गर्नको आफ्नै स्टक बिक्री गर्ने बताइएको छ भने त्यसमा ३० अर्ब अमेरिकी डलरको सार्वजनिक प्रस्ताव, कम्पनीलाई समयसँगै स्टक बेच्न अनुमति दिने ४० अर्ब अमेरिकी डलरको कार्यक्रम र वारेन बफेटको वर्कशायर ह्याथवेबाट १० अर्ब अमेरिकी डलरको निजी प्लेसमेन्ट लगानी समावेश छ।

यो वर्षको पहिलो त्रैमासिकमा अल्फाबेटको आम्दानी वार्षिक रूपमा २२ प्रतिशतले बढेर ११० अर्ब अमेरिकी डलर पुगेको र गुगलले आफ्ना सेवाहरूमा उक्त त्रैमासिकमा ३५ करोड सशुल्क सदस्यताहरू पुगेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अल्फाबेटले २०२६ मा आफ्नो पूँजीगत खर्च १८०–१९० अर्ब अमेरिकी डलर पुग्ने र त्यो २०२७ मा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेको छ भने ८० अर्ब अमेरिकी डलरले कम्पनीलाई “स्वस्थ ब्यालेन्स शीट कायम राख्दै सन्तुलित तरिकाले” आफ्नो लगानीलाई कोष प्रदान गर्न योगदान पुर्याउने आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...