सामसङ ग्यालेक्सी जेड फोल्ड८ र फोल्ड८ अल्ट्राको डमी युनिटहरू तुलनात्मक तस्बिरहरूमा देखा परे

  • Technology Khabar | २१ जेष्ठ २०८३, बिहीबार
सामसङ ग्यालेक्सी जेड फोल्ड८ र फोल्ड८ अल्ट्राको डमी युनिटहरू तुलनात्मक तस्बिरहरूमा देखा परे
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अब ग्यालेक्सी जेड फोल्ड८ नाम दिइएको सामसङ ग्यालेक्सी जेड फोल्ड८ वाइडको सीएडी–आधारित रेन्डरहरूले गत मार्चमा डिभाइसको डिजाइनको खुलासा गरेको थियो। हालै एक ह्यान्ड्स–अन भिडियोमा जेड फोल्ड८ को डमी युनिट देखा परेको थियो। अब ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा (पहिले फोल्ड८ भनिन्थ्यो) को डमी युनिटहरू एक अर्काको छेउछाउमा सँगै तुलना गरिएको तस्बिरहरूमा देखा परेका छन्।

यी तस्बिरहरूले नयाँ कुराको बारेमा खुलासा नगरे पनि डिजाइनको हिसाबले दुवै फोल्डेबलहरू कसरी स्ट्याक हुन्छन् भनेर देखाएको उल्लेख गरिएको छ। पहिले फोल्ड८ भनिने गरिएको अग्लो फोनलाई अब कथित रूपमा फोल्ड८ अल्ट्रा नाम दिइएको छ र डिभाइसले पछाडि ट्रिपल–क्यामरा प्रणाली समावेश गरेको छ। फोल्ड८ भनिने सानो फोनको पछाडिको भागमा भने डुअल–क्यामरा सेटअप रहेको र ४ः३ आसपेक्ट रेसियो साथ वाइड (फराकिलो) फोल्डिङ्ग स्क्रिन समावेश गरिएको छ।

दुबै स्मार्टफोनको पछाडिको प्यानल सेतो देखिएको बताइएको छ। साथै सोही स्रोत आइस युनिभर्सले एक्समा अर्को फरक पोस्टमा साझा गरेको तस्बिरहरूले दुबै डिभाइसलाई नीलो रङ्गमा देखाएको उल्लेख गरिएको छ। त्यसैले फरक प्रकाश अवस्थाहरूमा नीलो रङ्ग फरक देखिएको हो वा डिभाइसको दुई फरक रङ्ग छन् भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ।

त्यसैगरी टिपस्टर आइस युनिभर्सले वाइड ग्यालेक्सी जेड फोल्ड८ मा ४५ वाट चार्जिङ सपोर्ट भएको ४,८०० एमएएच ब्याट्री, २०१ ग्राम तौल र २४ मेगापिक्सेल मोडको लागि नेटिभ सपोर्ट भएको नयाँ ५० मेगापिक्सेलको क्यामरा हुने खुलासा गरेको छ।

गत हप्ता, आइस युनिभर्सले ग्यालेक्सी जेड फोल्ड८ र फोल्ड८ अल्ट्राको डिस्प्ले क्रिज ओप्पो फाइन्ड एन६ जत्तिकै न्यूनतम हुने दावी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...