
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२४ अल्ट्रा सार्वजनिक हुन अब करिब दस महिना बाँकी रहेको छ। साथै परीक्षण र निर्माणको लागि पर्याप्त समय दिनको लागि भनेर यस डिभाइसमा समावेश गरिने कम्पोनेन्टहरूको विकास पूरा हुनै पर्ने उल्लेख गरिएको।
दक्षिण कोरियाको पछिल्लो रिपोर्ट अनुसार नेक्स्ट बार फ्ल्यागशिपमा इभी उद्योगबाट सापटि लिएर नयाँ ब्याट्री टेक (प्रविधि) ल्याउन सक्ने सम्भावना रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
कोरियाली प्रकाशन द इलेकले ब्याट्री आरएन्डडीको जिम्मेवारीमा रहेको सामसङको एसडीआई डिभिजनले स्मार्टफोन व्यवसायमा स्ट्याक गरिएका ब्याट्रीहरू (स्ट्याक्ड ब्याट्रीज) लैजान खोजिरहेको दाबी गरेको छ। ब्याट्रीको केमिस्ट्री कन्टेन्टमा परिवर्तन गर्नु नभएर यसले सेलहरू कसरी व्यवस्थित हुन्छन् भनेर बुझाउने र प्रभाव पनि अझै उच्च ऊर्जा घनत्व हुनुका साथै यसले समान भोल्युम भित्र उच्च क्षमतालाई फिट गर्न अनुमति दिने उल्लेख छ।
अडीको क्यू८ ई–ट्रोनले ११४केडब्लुएच ब्याट्री फिट गर्नको लागि यस्तै प्रविधि प्रयोग गरेको छ। त्यसैगरी चिनियाँ ब्याट्री निर्माता सीएटीएलसँग अझ ठूलो १४०केडब्लुएच स्ट्याक गरिएको ब्याट्री (स्ट्याक्ड ब्याट्री) रहेको छ।
स्मार्टफोनका ब्याट्रीहरू ईभीको पावर प्याकहरूको तुलनामा धेरै फरक वातावरणमा काम गर्छन् भनेर स्पष्ट रूपमा सबैलाई थाहा नै छ। तर रिपोर्टले घनत्वमा (डेन्सिटिमा) १० प्रतिशत सुधारको अपेक्षा गर्नुपर्छ भनी दाबी गरेको छ। ग्यालेक्सी एस२४ अल्ट्राले ग्यालेक्सी एस२३ अल्ट्राको ५,००० एमएएच को तुलनामा ५,५०० एमएएच ब्याट्री प्याक गर्ने बताइएको छ। सामसङले सुधारिएको प्याकलाई सानो सेल भित्र समान क्षमतामा फिट गर्न, अन्य कम्पोनेन्टहरूका लागि ठाउँ खाली गर्न वा थप कम्प्याक्ट फोन इनेबल गर्न प्रयोग गर्न सक्नेछ।
सामान्यतया स्मार्टफोनले विकासका चरणहरू पार गर्दा प्राय जस्तो लीक हुने पहिलो कम्पोनेन्टहरू मध्ये एक भनेको एसेम्बल्ड ब्याट्रीहरू हुने भएकाले यसबारे चाँडै नै थप जानकारीहरु पनि प्राप्त गरिने बताइएको छ।
यसअघि, ग्यालेक्सी एस२४ नयाँ क्यामरा सेटअप र ठूलो जीपीयू बूस्टको साथ आउन सक्ने जानकारी आएको थियो।
प्रकाशित: ११ बैशाख २०८०, सोमबार