अनर वाच एक्स५आई अनावरण

  • Technology Khabar | २१ चैत्र २०८२, शनिबार
अनर वाच एक्स५आई अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनरले आफ्नो पछिल्लो फिटनेस–उन्मुख स्मार्टवाचको रुपमा वाच एक्स५आई अनावरण गरेको छ। वाच एक्स५आई स्मार्टवाचमा १.९७ इन्चको एएमओएलईडी र २१ दिनसम्मको ब्याट्री इनड्युरेन्स रहेको उल्लेख गरिएको छ।

अनरको नयाँ रिस्ट वेयरेबल (नाडीमा लगाउन मिल्ने) वाच एक्स५आई स्मार्टवाचले तेस्रो–पक्ष एपहरूको समर्थन बिना नै रियल–टाइम अपरेटिङ सिस्टम (आरटीओएस) बुट गर्दछ।

वाच एक्स५आईमा ३९० × ४५० पिक्सेल रिजोल्युसन, ६० हर्ज रिफ्रेस रेट र अलवेज अन डिस्प्ले (एओडी) फङ्गसन्यालिटीको साथ १.९७ इन्चको एएमओएलईडी टचस्क्रिन रहेको छ।

वाच एक्स५आईको तौल ४१ ग्राम (वाच स्ट्र्याप सहित) रहेको छ भने स्मार्टवाचमा मेटालिक मिडफ्रेम समावेश गरिएको छ। यो १एटीएम वाटरप्रूफ रेटेड गरिएको हुनाले पानीको हल्का स्प्ल्यासबाट केही प्रभाव नपर्ने तर पौडी खेल्न वा डुबाउनको लागि उपयुक्त नभएको बताइएको छ।

वाच एक्स५आईले २४/७ हार्ट रेट, ब्लड अक्सिजन, स्लिप (निद्रा) र स्टे«स (तनाव) ट्र्याकिङको लागि समर्थनको साथ हेल्थ (स्वास्थ्य) र एक्टिभिटी (गतिविधि) ट्र्याकिङको स्ट्याण्डर्ड एरेको लागि समर्थन प्रस्तुत गर्दछ। स्मार्टवाचमा फिटनेस लक्ष्यहरूको साथ १०० भन्दा बढी खेल मोडहरू ट्र्याक गर्न सकिने छ।

यो स्मार्टवाचमा ब्लुटुथ ५.४ मा जडान हुने र अन–डिभाइस ब्लुटुथ कलिङको लागि समर्थन गर्ने बताइएको छ भने एन्ड्रोइड, आईओएस र हार्मोनीओएस डिभाइसहरूसँग उपयुक्त हुनेछ। अनरले सामान्य प्रयोगमा वाच एक्स५आईको ४२०एमएएच ब्याट्री २१ दिनसम्म वा एओडी मोडमा ६ दिनसम्म प्रयोगको अपेक्षा गर्न सकिने दावी गरेको छ।

अनर वाच एक्स५आई मिडनाइट ब्ल्याक र स्टारलाइट ह्वाइट रङ्गहरूमा उपलब्ध हुनेछ। अप्रिल १५ मा डेलिभरी गरिने तालिका रहेको स्मार्टवाचको खुद्रा मूल्य २१९ चिनियाँ युआन (३२ अमेरिकी डलर) कायम गरिएको र यो चीनमा अनरको आधिकारिक अनलाइन स्टोरमा उपलब्ध भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार