
काठमाडौं ।
भीआर गेम टीनएज म्युटेन्ट निन्जा टर्टल्स: एम्पायर सिटी अप्रिल ३० मा सार्वजनिक हुने भएको छ।
सबैलाई मनपर्ने चार एनिमेटेड कछुवाहरू फेरि भिडियो गेमको दुनियाँमा फर्किँदैछन्। टीनएज म्युटेन्ट निन्जा टर्टल्स: एम्पायर सिटी गेम आगामी अप्रिल ३० मा मेटा क्वेस्ट, स्टीमभीआर र पिकोका लागि रिलिज हुनेछ। यो खेल कोर्टोपिया स्टुडियोजले बनाएको हो र यसको मूल्य २५ डलर राखिएको छ।
एम्यायर सिटी पहिलो व्यक्ति (फर्स्ट-पर्सन) एक्शन गेम हो, जसलाई एक्लै वा अधिकतम चार जनासम्म मिलेर खेल्न सकिन्छ। यसमा चारै कछुवा पात्रहरू खेल्न मिल्ने हुनेछन्।
विगतमा यी चार पात्रहरूले विभिन्न गेमहरूमा लडाइँ शैली देखाइसकेका भए पनि, यो पहिलो पटक उनीहरू छुट्टै भीआर खेलमा देखिन लागेका हुन्। नयाँ गेमको ट्रेलरमा कछुवाहरूसँगै श्रृंखलाका अन्य चिनिएका पात्रहरू पनि देखिएका छन्, जस्तै कराइ (फूट क्लान) र रक्सटेडी साथै अप्रिल ओ’निल पनि पिज्जा र जानकारीसहित उपस्थित हुने देखिन्छ।
प्रकाशित: २१ चैत्र २०८२, शनिबार