ह्वावे ब्याण्ड ७ ले तेस्रो पक्षका एप पनि सपोर्ट गर्ने

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
ह्वावे ब्याण्ड ७ ले तेस्रो पक्षका एप पनि सपोर्ट गर्ने

काठमाडौं ।

ह्वावेले भर्खरै बजारमा ल्याएको ब्याण्ड ७ स्मार्टब्याण्डले तेस्रो पक्षका एप पनि सपोर्ट गर्ने बुझिएको छ।

कम्पनीले चिनियाँ बजारमा हालै उक्त ब्याण्ड ७ डिभाइस सार्वजनिक गरेको हो।

हालै आएको नयाँ प्रतिवेदनमा ह्वावे ब्याण्ड ७ मा तेस्रो पक्षका एपहरु डाउनलोड तथा इन्स्टल गर्न सकिने उल्लेख छ।

तर कुन र कति ओटासम्म तेस्रो पक्षका एप इन्सटल गर्न मिल्छ भन्ने खुलाइएको छैन। ह्वावे ब्याण्ड ७ मा १.४७ इन्चको एमोलेड डिस्प्ले तथा अलवेज अन डिस्प्लेको सुविधा रहेको जनाइएको छ।

यो डिभाइसमा एक्सलरोमिटर, जाइरो सेन्सर तथा हार्ट रेट मनिटरजस्ता थुप्रै सेन्सरहरु दिइएको छ भने ब्लड अक्सिजन मनिटर गर्ने एसपीओ२ सेन्सर पनि उपलब्ध छ।

यसबाहेक ९६ ओटा स्पोर्ट्स मोड तथा ५एटीएम वाटर रेजिस्टेन्स फिचर रहेको यो डिभाइसमा एक पटकको चार्जमा १४ दिनसम्म ब्याट्री ब्याकअप रहने कम्पनीको दावी छ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...